वासिङ्टन, २२ कात्तिक । विकासशील मुलुकमा महिला सशक्तिकरण मुद्दाको प्रचारमा लागेकी डोनल्ड ट्रम्पकी छोरी इभान्का यतिबेला मोरक्को पुगेकी छन् ।
उनी तीनदिने भ्रमणमा त्यहाँ पुगेकी हुन् । परम्परागत मोरक्कन खैरो सुटको पहिरनमा सजिएकी इभान्काको यही विषयलाई लिएर चर्चा हुँदैछ ।
उद्यमी समेत रहेकी ३८ वर्षीया इभान्काको खासगरी हाइ हिल र मोरक्कन पहिरनको खुबै चर्चा भएको छ । राजधानी रबतमा उनी ओर्लिएपछि उनले यहाँका परराष्ट्रमन्त्री नस्सर बोरिता र अन्य अधिकारीहरूसँग केही बेर कुराकानी गरेकी थिइन् ।
ट्रम्प अमेरिकी सरकारको ‘उमन्स ग्लोबल डेभलपमेन्ट एन्ड प्रोस्परिटी इनिसिएटिभ’को प्रचारका लागि मोरक्को पुगेकी हुन् ।
गत फेब्रुअरीमा सुरु भएको उक्त कार्यक्रमले आगामी ६ वर्षभित्र विकासशील मुलुकका ५ करोड महिलालाई आर्थिक रुपमा सवल बनाउने उद्देश्य बोकेको छ ।
सोही कार्यक्रमलाई लिएर इभान्का यसअघि केही साउथ अमेरिकी मुलुकतिर पुगिसकेकी छन् ।















प्रतिक्रिया