११ मंसिर २०८३, शुक्रबार

महिलालाई फेसबुकमा अश्‍लिल म्यासेज पठाउने पर्यटन व्यवसायी पक्राउ

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २१ कात्तिक । फेसबुकमा महिलालाई अश्लिल म्यासेज पठाएको आरोपमा एक पर्यटन व्यवसायी पक्राउ परेका छन् ।

जग्गा कारोबारी समेत रहेका विराटनगर ३ भट्टा चोकमा बस्दै आएका खेमराज नेपाललाई पक्राउ गरिएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी राजकुमार खिँउजुले बताए ।

नेपाल विरुद्ध अभद्र व्यवहार ऐनअन्तर्गतको मुद्दा चलाउन म्याद थप गरेर अनुसन्धान अघि बढाइएको जानकारी उनले दिए ।

उनी लायन्स क्लबमा पनि सक्रिय छन् । पीडित महिलाले लिखित उजुरी दिएपछि नेपाललाई पक्राउ गरेर कारबाहीको दायरामा ल्याइएको खिँउजुको भनाइ छ ।