बुधबार, २७ कार्तिक २०७६
DainikNepal.com
बुधबार, २७ कार्तिक २०७६

हत्या आरोपी पूर्वमन्त्री आलम भन्छन् – विष्फोट नै भएकै छैन !

दैनिक नेपाल २०७६ कार्तिक २१ गते १२:५४

काठमाडाैं, २१ कात्तिक । बम विष्फोटमा घाइते भएकालाई जिँउदै जलाएर मारेको आरोप लागेका पूर्वमन्त्री अफताव आलमले घटना नै अस्वीकार गरेका छन् ।

पहिलो संविधानसभाको निर्वाचनका समयमा २०६४ सालमा बम विष्फोट गराएर बुथ कब्जा गर्ने योजना अनुरुप बम बनाउने क्रममा बम विष्फोट भई घाइते भएकालाई जिँउदै जलाएर मारेको आरोप आलममाथि लागेको छ ।

बुधबार बयान दिने क्रममा आलमले घटना हुँदै नभएको आफुलाई राजनीतिक पुर्वाग्रहका कारण फसाउन खोजिएको बयान उनले दिएका छन् ।
बुधबार दोस्रो दिन बयान दिन इजलासमा पुगेका आलमलाई बम विस्फोटमा सख्त घाइते भएका व्यक्तिलाई इँटाभट्टामा जिउँदै जलाएर मारेको अभियोगसम्बन्धी प्रश्न सोधिएको थियो ।

त्यस क्रममा इजलासले मिसिल संलग्न अभियोगपत्रसागै प्रस्तुत विभिन्न प्रत्यक्षदर्शीले गरिदिएको कागज र बयान देखाउादै घटनामा संलग्नताका विषयमा प्रश्न सोधेको थियो ।

रौतहट क्षेत्र नम्बर २ बाट निर्वा्चित नेपाली काँग्रेसका प्रतिनिधि सभा सदस्य आलमसमेत ११ जनामाथि विस्फोटक पदार्थ बमसमेत प्रयोग गरी ज्यान मार्ने उद्योग तथा कर्तव्य ज्यानसम्बन्धी कसुर गरेको आरोपमा तीन छुट्टाछुट्टै मुद्दा दर्ता भएको छ ।

आज पुन: आलमलाई अदालत उपस्थित गराइने छ । आज बयान सम्पन्न हुने र शुक्रबारदेखि थुनछेक बहस सुरु हुने बताइएको छ । मुद्दा पुर्पक्षका सिलसिलामा थुनामा राख्ने वा धरौटी वा तारेखमा छाड्ने विषयमा थुनछेक बहस हुने छ ।

प्रतिक्रिया
सम्बन्धित