११ मंसिर २०८३, शुक्रबार

छठी माताकाे मूर्ति हटाउन खाेज्दा बारामा झडप, प्रहरी र प्रदर्शनकारी घाइते

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बारा, २१ कात्तिक । छठको लागि निर्माण गरिएको छठी माताको मूर्ति हटाउने विषयमा बुधबार राति बारामा प्रहरी र स्थानीय बासिन्दाबीच झडप भएको छ ।

कलैया उपमहानगरपालिका–१५ को बकुलहर टोलमा छठी माताको मूर्ति हटाउने विषयमा प्रहरी र स्थानीयबीच झडप हुँदा करीब एक दर्जन घाइते भएका छन् ।

झडपमा प्रहरी निरीक्षक रुद्रबहादुर शाहीसहित सात जना प्रहरी घाइते भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक विकासराज खनालले बताए ।

अन्य केही स्थानीय पनि घाइते भएका छन् । तनावपूर्ण स्थिति नियन्त्रणमा लिन सात राउण्ड अश्रुग्यास प्रहार गरिएको प्रहरी उपरीक्षक खनालले बताए ।

छठ पर्व अगाडि नै जिल्ला प्रशासन कार्यालयमा भएको छलफलमा छठ सकिनेवित्तिकै मूर्ति हटाउने सहमति भएको थियो ।

स्थानीयले नहटाएपछि प्रहरीले हटाउन खोज्दा झडप भएको प्रमुख जिल्ला अधिकारी फणीन्द्रमणि पोखरेलले बताए ।