काठमाडाैं, २१ कात्तिक । समाजमा विभिन्न क्षेत्रमा योगदान पुराउँदै आएका युवाहरूले बढ्दो महिला हिंसा निरुत्साहित गर्ने उदेश्यले एक्सन फर नेशन नेपाल भन्ने संस्था गठन गरेर महिलाहरूको आत्मरक्षा अभियान शुरू गरेका छन् ।
संस्थाले शुरूमा काठमाडौं र त्यसपछि देशका विभिन्न स्थानमा पुगेर महिलाहरूलाई कसरी आत्मरक्षा गर्ने भन्ने विषयमा प्रशिक्षण दिनेछ ।
लामो समयदेखि अमेरिकामा बस्दै आएका तेक्कादो खलाडी एवम् पर्यटन वर्ष २०२० का अमेरिकाका लागि पर्यटनदूत प्रकाश थापाको अध्यक्षतामा संस्था गठन भएको छ ।
संस्थामा थापा अध्यक्ष, उपाध्यक्षमा निर्मल शर्मा, सचिवमा श्रीकृष्ण श्रेष्ठ, कोषाध्यक्ष राजकुमार लामा रहेका छन् ।
सदस्यहरूमा नाजीर हुसेन, गिरीबहादुर सुनार, मिलन लामा, अनिल प्रदान (वशिष्ट), अम्बिका शर्मा, सीता पाण्डे र दयाराम पाण्डे रहेका छन् ।
सल्लाहाकार सपना प्रदान, मेनुका लामा भूमा लिम्ब र सुरेश आलेमगर रहेका छन् । कानूनी सल्लाहकारमा राजेश काफ्ले छन् ।
संस्थाले यसै महिनादेखि आफ्नो अभियान अन्तर्गत कार्यक्रमहरूलाइ अघि बढाउने छ । यो संस्था अमेरिकामा आधा दशकदेखि क्रियाशील छ ।











प्रतिक्रिया