बिहीबार, २८ कार्तिक २०७६
DainikNepal.com
बिहीबार, २८ कार्तिक २०७६

‘खल्ती’ र ‘लर्ड बुद्ध एजुकेसन फाउन्डेसन’वीच विद्यार्थीलाई रोजगारी प्रदान गर्ने सम्झौता

दैनिक नेपाल २०७६ कार्तिक २१ गते ६:४९

काठमाडौं, २१ कात्तिक । ‘खल्ती डिजिटल वालेट’ र ‘लर्ड बुद्ध एजुकेशन फाउन्डेशन’ले ई–बिजनेस र आईटी पढेका विद्यार्थीलाई इन्टर्नशिप र रोजगारीको अवसर प्रदान गर्ने सम्बन्धि एक रणनीतिक साझेदारीको घोषणा गरेका छन् ।

खल्तीका तर्फबाट प्रबन्ध निर्देशक मनीष मोदी र लर्ड बुद्ध एजुकेशन फाउन्डेशनका तर्फबाट अध्यक्ष पंकज जलानले काठमाडौंमा आयोजित एक विशेष समारोह बीच सम्झौतामा हस्ताक्षर गरेर उक्त साझेदारीको सुरुवात गरेका हुन् ।

सम्झौता अनुसार लर्ड बुद्ध एजुकेशन फाउन्डेशनमा अन्तिम वर्षमा अध्ययनरत तथा कलेजबाट उत्तीर्ण विद्यार्थीले खल्तीमा इन्टर्नशिपका लागि आवेदन दिन सक्नेछन् ।

छोटो अवधिको इन्टर्नशिप पूरा गरिसकेपछि उनीहरूलाई ‘खल्ती’मा पूर्णकालीन रोजगारी प्रदान गरिनेछ । मुख्यतः खल्तीले विद्यार्थीको कक्षाको पढाईमा बाधा नपुग्ने गरी इन्टर्नशिप लागि अनुकूल समय प्रदान गर्नेछ ।

कलेजसँग परामर्श गरेर परीक्षा तथा महत्वपूर्ण शैक्षिक प्रोजेक्टहरुहरूको समयमा विदाको पनि व्यवस्था गर्नेछ ।

मास्टर डिग्री पढ्न चाहने खल्तीमा कार्यरत कर्मचारीहरूलाई लर्ड बुद्ध एजुकेशन फाउन्डेशनले विशेष छात्रवृत्ति प्रदान गर्ने भएको छ ।

‘खल्ती’ र ‘लर्ड बुद्ध एजुकेशन फाउन्डेशन’ बीचको यस प्रकारको सहकार्यले नेपालमा उद्योग र शैक्षिक संस्थाहरूबीच हुनुपर्ने पार्टनरशिपको उदाहरण स्थापित गर्ने र अन्य संस्थाहरूलाई पनि यस प्रकारको सहकार्य गर्न प्रोत्साहन प्रदान गर्ने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया
सम्बन्धित