
काठमाडौं, १९ कात्तिक । २०७० सालमा हेटौाडामा विन्दावासिनी कंसाकारमाथि एसिड प्रहार गरि फरार रहेका राज केशरीलाई नेपाल प्रहरीले प्रकाउ गरेको छ ।
हेटौंडास्थित स्कुल रोडमा रहेको आफ्नै पसलमा बसिरहेकी विन्दावासिनी कंसकारमाथि २०७० सालमा एसिड आक्रमण भएका थियो । एसिड प्रहार लगतै भारत पसेका राज केशरीलाई पक्राउ गर्न नेपाल प्रहरीलाई हम्मे परेको थियो ।
भारतको गुणगाउामा बस्दै आएका केशरीलाई प्रहरीले त्यही पुगेर समातेर नेपाल ल्याएको हो ।
घटनापछि प्रहरीले केशरीको खोजी नेपाल र भारत दुवैतर्फ गरिरहेको थियो। भारत महाराजगंज अमनपूर्वन ६ का केशरी घटनापछि रक्सौल नाका भएर भारत प्रवेश गरेका थिए।
आफ्नो प्रेम प्रस्ताव स्विकार नगरेको भन्दै विन्दावासिनीमाथि एसिड छ्यापेर केशरीले आक्रोश पोखेका थिए । अन्तत नेपाल प्रहरीले भारतिय प्रहरीको सहयोगमा ६ वर्षपछि पक्राउ गर्न सफल भएको हो ।
केशरीलाई प्रहरीले नेपाल ल्याई पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ ।











प्रतिक्रिया