
काठमाडौं, १९ कात्तिक । नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकारले प्रदेश प्रमुखहरुलाई पदमुक्त गर्नु स्वभाविक प्रक्रिया भएको भन्दै सरकारको कदमको बचाउ गरेका छन् ।
बाँकेकाे नेपालगञ्ज पुगेका अध्यक्ष प्रचण्डले प्रदेश प्रमुख परिवर्तन हुनु स्वभाविक भएकाले यो विषयलाई धेरै उचाल्न आवश्यक नभएको बताएका हुन् ।
जाँदाजाँदै तत्कालीन शेरबहादुर देउवा नेतृत्वको सरकारका पालामा नियुक्त भएका सातै प्रदेशका प्रदेश प्रमुखहरुलाई हटाएर वर्तमान सरकारले नयाँ प्रदेश प्रमुखहरु नियुक्त गरेपछि नेपाली राजनितिमा नयाा तरङग पैदा भएको छ ।
प्रदेश प्रमुखहरुको कार्यकाल बाँकी रहँदा रहँदै सरकारले प्रमुखहरु हटाउनु जायज नभएको कतिपय नेकपा नेताहरुकै धारणा रहेको छ ।
प्रचण्डले भने नेकपा नेतृत्वको सरकार उदार भएकाले अघिल्लो सरकारको पालामा नियुक्त भएका प्रदेश प्रमुखहरुलाई दुई वर्षसम्म काम गर्न दिएको बताए । कतिपय देशमा नैतिकताका आधारमा राजीनामा दिएर काम गर्न सजिलो गरिदिने प्रचलन रहेको प्रचण्डको भनाई रहेको थियो ।
नेकपा सरकार उदार भएको हुनाले, अलि धेरै नै लचिलो र जिम्मेवार भएको हुनाले दुई वर्षसम्म उहााहरुलाई काम गर्न दिएको र अहिले प्रमुखहरु परिवर्तन गर्नु उचित भएकाले परिवर्तन गरिएको उनको भनाई रहेको थियो ।
नयाँ प्रदेश प्रमुखहरुको नियुक्तिका विषयलाई लिएर नेकपा वरिष्ठ नेता माधव कुमार नेपालको असन्तुष्ट विषयमा भने नेपालले केहिको नाम सिफारिस गरेको र नपर्दा केहि असन्तुष्टि हुन स्वाभाविक भएको उनको भनाई रहेको थियो ।
प्रचण्डले नेपालले सरकारको निर्णयलाई मान्दिनँ नभनेको पनि बताएका छन् । चित्त नबुझेपछि नोट अफ डिसेन्ट लेख्नु सामान्य कुरा भएको प्रचण्डको धारणा रहेको थियो । तर, नेता नेपालले प्रस्ताव गरेका कुनै पनि नेता नपरेपछि उनले बैठकमा फरक मत राखेका थिए ।











प्रतिक्रिया