बिहीबार, २८ कार्तिक २०७६
DainikNepal.com
बिहीबार, २८ कार्तिक २०७६

नयाँ सात प्रदेश प्रमुखले लिए राष्ट्रपतिसमक्ष पद तथा गोपनियताको शपथ

दैनिक नेपाल २०७६ कार्तिक १९ गते १०:३३

काठमाडौं, १९ कात्तिक । नवनियुक्त सातै प्रदेशका प्रदेश प्रमुखहरुले आज राष्ट्रपति विद्या देवि भण्डारी समक्ष पद तथा गोपनियताको सपथ लिएका छन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार बिहान एक समारोहबीच सातै प्रदेश प्रमुखहरूलाई शपथ ग्रहण गराएकी हुन् ।

शपथ ग्रहण समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, प्रधानन्यायाधीश चोलेन्ऽशमशेर जवरालगायत उपस्थित थिए ।

मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले कांग्रेस सरकारले नियुक्त गरेका सातै प्रदेश प्रमुखलाई बर्खास्त गरेको थियो ।

कांग्रेस सरकारका पालामा नियुक्त प्रदेश प्रमुख हटाएपछि सत्तारूढ दलको सिफारिसमा सोमबार प्रदेश १ मा सोमनाथ अधिकारी ‘प्यासी’, प्रदेश २ मा तिलक परियार, प्रदेश ३ मा विष्णु प्रसाईं, गण्डकी प्रदेशमा अमिक शेरचन, प्रदेश ५ मा धर्मनाथ यादव, कर्णालीमा गोविन्द कलौनी र सुदुरपश्चिममा शर्मिलाकुमारी पन्त नियुक्त भएका थिए ।

प्रतिक्रिया
सम्बन्धित