
काठमाडौं, १९ कात्तिक । काभ्रेपलाञ्चोक नमोबुद्ध नगरपालिका–८ डराउने पोखरी तल्लो हटियामा एक दम्पती मृत फेला परेको छन् ।
५५ वर्षीय श्यामकृष्ण श्रेष्ठ र उनकी श्रीमती ५० वर्षीया रुकु श्रेष्ठ मृत फेला परेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार घटनास्थल वरपर बियरका बोतल फुटेका छन् ।
एसपी जयराज सापकोटाको नेतृत्वमा प्रहरी घटना स्थल पुगेर अनुसन्धान भैरहेको जनाइएको छ ।











प्रतिक्रिया