
काठमाडौं, १९ कात्तिक । निवर्तमान सभामुख कृष्णबहादुर महरालाई जबर्जस्ती करणी उद्योगको अभियोगमा जेल चलान गरिएको छ ।
अदालतले महरालाई थुनामा राख्ने आदेश दिए लगतै महरा भक्कानिएर अदालतमै रोएका थिए भने महराका दुई छोरा पनि बाबुको खुट्टा समाएर रोएका थिए ।
काठमाडौं जिल्ला अदालतले महरालाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएपछि उनलाई सोमबार अपराह्न डिल्लीबजार कारागार चलान गरिएको हो ।
संसद सचिवालयकी कर्मचारी रोशनी शाहीलाई बलात्कार प्रयासको आरोप लागेपछि गएको असोज १९ गते पक्राउ परेका महरा प्रहरी हिरासतमा बस्नुपर्ने अवधिभर भने नर्भिक अस्पतालमा बस्दै आएका थिए ।











प्रतिक्रिया