
काठमाडौं, १९ कात्तिक । उदयपुरको चौदण्डी–७ को भुल्केमा जीप दुर्घटना हुँदा प्रदेशसभा सदस्य र नगरपालिका उपप्रमुख घाईते भएका छन् । घाईते हुनेमा प्रदेशसभा सदस्य सञ्जाकुमारी दनुवार र त्रियुगा नगरपालिकाका उपप्रमुख देवीकुमारी चौधरी छन् । जिप सडकमै अनियन्त्रित भई पल्टिएको थियो ।
विराटनगरबाट गाईघाट आउने क्रममा सोमबार सााझ त्रियुगा नगरपालिकाको स १ झ ५३१ नम्वरको जीप दुर्घटना हुँदा उनीहरु घाइते भएका हुन् ।
घाइते दुवै जनाको चौदण्डीको बेल्टार अस्पतालमा प्राथमिक उपचारपछि थप उपचारका लागि सुनसरीको धरानस्थित बीपी कोइराला मेमोरियल अस्पतालमा पठाइएको उदयपुरका प्रहरी प्रमुख वीरबहादुर बुढामगरले जानकारी दिए ।
बुढामगरका अनुसार, जीप चालक योगेश चौधरीको अवस्था भने सामान्य छ ।











प्रतिक्रिया