मंगलबार, २६ कार्तिक २०७६
DainikNepal.com
मंगलबार, २६ कार्तिक २०७६

हाउसफुल ४ काे कमाईमा विवाद

दैनिक नेपाल २०७६ कार्तिक १९ गते ७:५०

मुम्बई । बलिउड अभिनेता अक्षय कुमारको कमेडी फ्रेन्चाइजी फिल्म हाउसफूल ४ ले एक हप्तामा करीव १३७ करोड भारु कमाइसकेको छ ।

तर सुरुमै मोटो कमाई देखाएको भन्दै फिल्म विवादमा फसेको थियो ।

यो आरोपलाई ठाडै अस्वीकार गर्दै अक्षय कुमार भन्छन्, ‘हाउसफुल ४ का निर्माता फक्स डिज्नी हो र यो कुनै सानोतिनो कम्पनी होइन । यो फिल्मले करोडौं डलरको फिल्म बनाउँछ र उनका लागि हाउसफुल ४ कुनै ठूलो फिल्म त होइन जुन उनीहरूले पाँच करोडका लागि झुटो बोल्नेछन् ।’

प्रतिक्रिया
सम्बन्धित