१४ कार्तिक २०८३, शनिबार

सुरुङ भत्किँदा बझाङको कालंगा हाइड्रोमा काम गर्ने चार मजदुर थुनिए, अवस्था अज्ञात

714
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडाैं, १८ कात्तिक । बझाङको बुंगल नगरपालिका–१ स्थित कालंगा हाइड्रोको काम गर्ने क्रममा सुरुङ भत्किादा चार जना मजदुर थुनिएका छन् ।

हिजो(आइतबार) दिउासो करिब ३ बजे उनीहरु सुरूङभित्र छिरेका थिए । सुरूमा सुरुङभित्र ६ जना छिरे पनि दुई मजदुर भने तत्कालै बाहिर निस्किएका थिए ।

तर, चारजना भने अहिलेसम्म सम्पर्कमा नआएको बझाङका प्रमुख जिल्ला अधिकारी उमेश पाण्डेयले जानकारी दिए ।

काम गर्ने क्रममा सुरुङ भत्किएर चारैजना भित्र थुनिएको र उनीहरुको मृत्यु भएको हुन सक्ने आशंका प्रहरीले गरेको छ ।

सम्पर्क्विहीन हुनेमा दैलेखका कर्णबहादुर शाही, महेन्ऽबहादुर शाही, अछामका महेन्ऽ साउद र बझाङका शेरसिंह धामी रहेका छन् ।

घटनास्थलमा पुगेका नेपाल प्रहरी, शसस्त्र प्रहरी, नेपाली सेना र स्थानीयवासीले उद्धारको प्रयास गरिरहेका छन् ।

यस्तै काठमाडौंबाट गएको उद्धार टोलीले पनि अहिले घटनास्थलमा उनीहरुको उद्दारको प्रयास गरिरहेको छ ।

तर सुरुङ भत्किएकाले समस्या भईरहेको बताइएको छ । ७५ मेगावाट क्षमताको कालंगा हाइड्रोको उक्त सुरुङ आठ सय मिटर लामो छ ।