मंगलबार, २६ कार्तिक २०७६
DainikNepal.com
मंगलबार, २६ कार्तिक २०७६

नायिका काजल अग्रवाल विवाह गर्दै, को संग गर्दैछिन काजल विवाह ?

दैनिक नेपाल २०७६ कार्तिक १८ गते ९:४०

काठमाडौं, १८ कात्तिक । दक्षिण भारतीय सिनेमाकी चर्चित नायिका काजल अग्रवाल विवाह गर्दै्छिन् । हालै उनले एक अन्तरवार्तामा आफ्नो विवाहबारे खुलेर कुरा गरेकी छिन् । उनको विवाहको सबैभन्दा रोचक पाटो के हो भने उनी ‘अरेन्ज म्यारिज’ गर्दै्छिन् । अर्थात्, उनले आमा–बुवाले छानेको युवकसाग विवाह गर्दै्छिन् ।

सिंघमबाट अजय देवगनसाग बलिउडमा एन्ट्री गर्ने काजल अग्रवालका बलिउडमा पनि धेरै फलोवर छन् । करिब दुई वर्षदेखि उनको विवाहबारे विभिन्न चर्चा परिचर्चा हुादै आएको छ । तर काजलले आफू फिल्म इन्डिष्ट्रिका कोही पनि व्यक्तिसाग विवाह गर्ने मुडमा नभएको बताएकी थिइन् ।

‘मगधीरा’ नायिकाले साउथका करिब सबै नायकसाग काम गरेकी छिन् । तर कहिले पनि कुनै अभिनेतासाग उनको गम्भीर अफेयर रहेन । काजलले एकपटक भनेकी थिइन्, ‘सुरुवाती दिनमा मेरो एकजना व्यक्तिसाग अफेयर थियो तर उनी फिल्मी क्षेत्रसाग सम्बन्धित थिएनन् । पछि जब म काममा व्यस्त हुन थालो तब हामीबीच दुरी बढ्न थाल्यो । त्यसपछिदेखि म लगातार काममा नै ध्यान दिइरहेकी छु ।’

यद्यपि, अब काजलले अर्को वर्ष अर्थात् २०२० मा उनी प्रणय सूत्रमा बााध्ने स्पस्ट पारिसकेकी छिन् । मिडिया रिपोर्टका अनुसार उनी एक व्यापारीसाग विवाह गर्दै्छिन् ।

काजलले आफ्ना श्रीमान् पोजेशिव, केयरिङ र आत्यात्मिक हुनुपर्ने बताएकी थिइन् ।

प्रतिक्रिया
सम्बन्धित