बुटवल, १८ कात्तिक । बुटबलबाट दिल्ली जान हिँडेकाे यात्रु बसकाे चाबी बुटबलकाे आँखा अस्पताल अगाडिबाट लुटिएकाे छ ।
४/५ वटा बाइकमा आएकाे समूहले साँझ साढे ६ बजे बस राेक्न लगाइ भित्र छिरेर यात्रुलाई कुटपिट गरेका छन् ।
अज्ञात समूहले भारतकाे उत्तरप्रदेशमा दर्ता भएकाे युपी ५३ एफ पी ४९०७ नम्बरकाे गाडीकाे चाबी थुतेर फरार भएकाे बसका कर्मचारी रामु भुषालले जानकारी दिए ।
उनीहरूकाे आक्रमणमा परी सीता ट्राभल बुटवलका सञ्चालक शिव भट्टराईलाई आँखा नजिक चाेट लागेकाे बसका कर्मचारी भुषालले बताए ।
कुटपिट गर्दै चाबी लिएर फरार भएकाहरूकाे खाेजी भइरहेकाे रूपन्देहीका डीएसपी खड्गबहादुर खत्रीले जानकारी दिए ।
दिल्ली जानका लागि हिँडेकाे साे बसमा करिब ४५ जना यात्रु सवार थिए ।












प्रतिक्रिया