
काठमाडौं, १७ कात्तिक । दुई दिनसम्म ग्रान्डी अस्पतालमा मिर्गौलाको डायलासिस गरेका प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल (टिचिङ)मा चेकअप गराएका छन् ।
उनले नियमित चेकजाँचका साथै डायलासीस गराउनुपर्ने सुझाव पाएका कारण शिक्षण अस्पतालमा पुगेका थिए ।
प्रधानमन्त्रीको सचिवालयका अनुसार यसलाई नियमित चेकजाँचका रुपमा लिइएको छ । बालुवाटारमा मन्त्रिपरिषद्को बैठक ११ बजेका लागि डाकेका प्रधानमन्त्री सोही बेला अस्पताल पुगेका थिए । उनी चेकअप सकेर उनी बाहिरिएको बताइएको छ ।
टिचिङको मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा केही बेर बसेका थिए, प्रधानमन्त्री । उनी सिंगापुर जानुपूर्व पनि सोही ठाउँमा उपचारका लागि पुगेका थिए ।
‘नियमित चेकजाँचको प्रक्रियालाई जारी राख्नका लागि प्रधानमन्त्री त्यहाँ पुग्नुभएको हो’, सचिवालय स्रोतले भन्यो,‘अझै आस्वश्त हुनका लागि अर्को अस्पताल जाने विषयमा कुराकानी भएको छ ।’















प्रतिक्रिया