मंगलबार, २६ कार्तिक २०७६
DainikNepal.com
मंगलबार, २६ कार्तिक २०७६

‘सरौतो’काे रिलिज डेट सर्याे

दैनिक नेपाल २०७६ कार्तिक १६ गते १०:३६

काठमाडौं । कात्तिक २२ गतेबाट देशभर प्रदर्शनमा आउने भनिएको फिल्म ‘सरौतो’ सरेर २९ कात्तिकमा पुगेको थियो । अहिले फेरि सरेर यो फिल्म मंसिर १३ मा पुगेको छ ।

वितरकहरूको सरसल्लाह बमोजिम फिल्म ‘सरौतो’ फेरि सारिएको निर्देशक हरि हुमागाइँले जानकारी दिए ।

‘हामीले घोषणा गरेको मितिमा एकसाथ धेरै फिल्म भएपछि र ‘घामड शेरे’को रिलिज फेरबदलका कारण ‘सरौतो’को रिलिज हेरफेर गरेका हौं’, हरिले थपे ‘‘सरौटो’ अव मंसिर १३मा भने पक्कै आउने छ ।

सुमीका मोक्तान, सन्नी सिंह, विजय लामा, लियो ट्यांक, युवराज लामा, धिरेन शाक्य, आमिर गौतम, अरुणा कार्की, सुवाङ्गम शाह, मनिषा पुन मगरलगायतको फिल्ममा अभिनय देख्न सकिन्छ । विराञ्जना इन्टरटेनमेन्ट, स्क्वायर वान क्रिएसन, राइजिङ्ग फिल्म्स एण्ड ग्लिटर स्टुडियोको ब्यानरमा निर्माण भएको फिल्ममा राघव कृष्ण गौतमको लेखन छ ।

उत्तम हुमागाईंको छायाँकन, निमेष श्रेष्ठको सम्पादन र शंकर महर्जनको एक्सन रहेको चलचित्रमा राजनराज शिवाकोटी, पुष्पन प्रधान, कमल खत्रीको संगीत रहेको छ ।

प्रतिक्रिया
सम्बन्धित