१ कार्तिक २०८३, आइतबार

अमेरिका र चीनबीच ट्रेड सम्झौता हुने

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

न्युयाेर्क, १६ कात्तिक ।  व्हाइट हाउसले अमेरिका र चीनबीच ट्रेड डील छिट्टै हुने जनाएकाे छ ।

व्हाइट हाउसबाट प्राप्त जानकारीका अनुसार यो डील अन्तिम चरणमा पुगेको छ ।

राष्ट्रपति डोनाल्ड ट्रम्पका प्रमुख सहयोगी मध्येका एक लैरी कुडलोले भनेका छन् कि दुवै देश यो सिलसिलामा राम्रो प्रगति गरिरहेका छन तर केही काम गर्न अझै बाँकी छ ।

कुडलोले भने, ‘डील अहिले नै पूरा भइसकेको छैन, तर हामी यसमा धेरै अगाडि बढिसकेका छौँ । अघिल्लो पटक हामी जहाँ थियौँ अहिले त्यसमा धेरै अगाडि बढिसकेका छौँ । यसकारण म आशावादी भएर यो कुरा भनिरहेको छु ।’

अघिल्लो महिना राष्ट्रपति ट्रम्पले यो डीलबारे भनेका थिए कि यो एक महत्वपूर्ण सम्झौता हो । उनले भनेका थिए यसमा बौद्धिक सम्पदा र कृषि जस्ता क्षेत्र समेटिन सक्नेछन् ।