६ कार्तिक २०८३, शुक्रबार

प्रधानमन्त्री ओलीका सुरक्षा अधिकृत जुवाको खालबाट पक्राउ

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १६ कात्तिक । प्रधानमन्त्री केपी ओलीका सुरक्षा अधिकृत (एडिसी) काठमाडौंमा जुवाको खालबाट पक्राउ परेका छन् ।

नेपाली सेनाका मेजर राजेन्द्र शाहीलाई टोखा प्रहरीले शुक्रबार साँझ पक्राउ गरेको हो ।

काठमाडौं प्रहरी परिसर टेकुले सो जुवाखालबाट शाहीसँगै अन्य ८ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा बुद्धिलाल मगर, मानकाजी गुरुङ, सोमबहादुर मगर, धर्म शाही,किरणजंग शाह, निरज राणा र जितबहादुर गुरुङ रहेका छन् ।

प्रहरीले उनीहरूलाई सामाखुसीस्थित सोमबहादुर मगरको घरबाट पक्राउ गरेको हो ।

उनीहरूको साथबाट एक लाख ५९ हजार तीन सय रुपियाँ पनि बरामद भएको छ ।