१ कार्तिक २०८३, आइतबार

सांसदको नग्न तस्बिर सार्वजनिक, केटीले राजीनामा दिइन्

266
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १५ कात्तिक । संसदमै आबद्ध एक पुरुष सहयोगीसँग अफेयर भएको र एक महिला क्याम्पेन स्टाफसँग पनि सम्बन्ध स्थापित गरेको आरोपसँगै नग्न तस्बिर सार्वजनिक भएपछि अमेरिकाको क्यालिफोर्नियाकी ३२ वर्षीया बाइसेक्सुअल नेता केटी हिलले सांसद पदबाट राजीनामा दिएकी छन् ।

नग्न तस्बिर सार्वजनिक भएपछि आफूलाई पदमा रहँदा अझै के के कुरा सार्वजनिक हुने हुन् भन्ने डरका कारण राजीनामा दिएको उनको प्रतिक्रिया छ ।  नोभेम्बर सन् २०१८ मा सदनमा छानिएकी केटीले ट्वीटरमा पनि आफ्नो राजीनामा पत्र सेयर गरेकी छिन् ।

केटीले क्याम्पेन स्टाफरसँग ‘अनुचित’ सम्बन्ध स्विकार गरेकी छिन् । तर उनले आफ्नो अफिसमा कर्मचारीसँग सम्बन्ध स्थापित गरेको अस्विकार गरेकी छिन् ।

केटी र उनका श्रीमानबीच सम्बन्धविच्छेदको प्रक्रिया चलिरहेको छ । गल्ती स्वीकार्दै राजीनामा दिए पनि आफ्नो गोपनियता भंग गरी आफूलाई बदनाम गराउने षडयन्त्र भएको उनको आरोप छ । एजेन्सी