अमेरिका । दुई दशकको लामो सांगीतिक यात्रामा बोगटीले धेरै कामहरू गरिसकेका छन् ।
१४ वर्षको उमेरबाट पहिलो स्टेज डान्स गर्न चढेका बाबु त्यसपछि गायन, अभिनय, सडक नाटक, टेलिफ़िल्म, संगीतकार, गीतकार सबै काम गर्न भ्याईसकेका छन् ।
अहिले आएर निर्देशन तर्फको यात्रा शुरू गरेका छन् । ०६३ सालमा बाबुले नै गाएको गीत जमुना जमुना बोलको गीतलाई नयाँ स्वरूपमा रेकडिगं गरी त्यसको म्यूजिक भिडियो बाबुको निर्देशनमा जमुना एगेन तयार गरी आफ्नै युट्युब मार्फत बजारमा लिएर आएका छन् ।
म्युजिक भिडियाेमा मुन प्रसाइँ , रिया क्षेत्री, दीपेन्द्र सोनाम र नयाँ प्रस्तुतिमा युवराज खतिवडाले अभिनय गरेका छन् । सम्पादनमा शक्ति घिमिरे र छायाँकनमा उत्सव ढकाल छन् ।















प्रतिक्रिया