
काठमाडौं, १४ कात्तिक । नियमित उपचारका लागि धापासीको ग्रान्डी अस्पतालमा बुधबार भर्ना भएका प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गौलाको दोस्रो डायलासिस विहीबार सकिएको छ ।
पहिलो भने बुधबार नै गरिएको स्रोतले जनाएको छ । प्रधानमन्त्री ओलीको स्वास्थ्यमा अचानक खराबी आएपछि उनलाई अस्पताल लगिएको थियो ।
उनको सघन कक्षमा राखेर उपचार गरिएको थियो । प्रधानमन्त्रीको स्वास्थ्यबारे बुझ्नका लागि नेताहरू अस्पताल पुगेका थिए । १२ बर्षअघि ०६४ मा मिर्गौला फेरिएको थियो ।
डायलासिसको काम सकिएको अस्पताल स्रोतले जनाएको छ । प्रधानमन्त्री ओलीले गत महिनामात्र सिंगापुरमा मिर्गौलाको प्लाज्मा फेरेसिस गराएका थिए ।















प्रतिक्रिया