१ कार्तिक २०८३, आइतबार

गुडिरहेको रेलमा आगो लाग्दा पाकिस्तानमा ४६ जनाको मृत्यु

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौं, १४ कात्तिक । पाकिस्तानमा गुडिरहेको रेलमा आगलागी हुादा कम्तिमा ४६ जनाको मृत्यु भएको छ । करााचीबाट रावलपिन्डीतर्फ जाादै गरेको तेज गाम एक्सप्रेसको रेलको तीनवटा डिब्बामा आगो लाग्दा ४६ जनाको मृत्यु भएको हो ।

पाकिस्तानी अधिकारीहरुले मृत्युको पुष्टि गरेका छन् । घटनामा परी ४२ जना घाइते भएका छन् । पाकिस्तानी रेलमन्त्रीले रेलमा सवार यात्रुहरुसाग ग्यास सिलिन्डर रहेको सिलिन्डर विस्फोटपछि आगलागी भएको हुनसक्ने बताएका छन् ।

उनले आगलागी पूर्णरुपमा नियन्त्रणमा लिइएको र घाइतेहरुलाई उपचारका लागि अस्पताल पुर्‍याइएको जानकारी दिएका छन् । प्रधानमन्त्री इमरान खानले घटनालाई दु:खद् भन्दै घाइतेहरुको उपचार सरकारले गर्ने बताएका छन् ।