
काठमाडौं, १४ कात्तिक । जुवा खेलिरहेको अवस्थामा काठमाण्डौको महाराजगञ्जबाट पक्राउ परेका २५ जना जुवाडेलाई आज जिल्ला प्रशासन कार्यालय र जिल्ला अदालत काठमाण्डौमा उपस्थित गराउने प्रहरीको तयारी छ ।
गएको आइतबार जुवा खेलिरहेका बेला झण्डै पौने ३ करोड रुपैयाासहित पक्राउ परेका २५ जनालाई म्याद थपको लागि जिल्ला प्रशासन कार्यालय र बन्दी प्रत्यक्षीकरणको लागि अदालतमा उपस्थित गराउने तयारी भएको प्रहरीले जनाएको छ ।
प्रहरीले चलाएको जुवा अपरेशनमा ६ जना हाइप्रोफाइलका व्यक्तिहरु पनि रहेका छन् ।












प्रतिक्रिया