
काठमाडौं, १४ कात्तिक । दक्षिणी जापानको ओकिनावामा रहेको विश्व सम्पदा सूचीमा सूचीकृत सुरी महल आगलागीबाट ध्वस्त भएको छ । पााच सय बर्ष पुरानो महलको मुख्य भाग जलेर नष्ट भएको छ ।
बिहीबार विहानै भएको आगो नियन्त्रण गर्न ठूलो संख्यामा अग्नी नियन्त्रक खटाइएको छ । आगलागीबाट अहिलेसम्म कुनै मानवीय क्षति नभएको अन्तर्रा्ष्टि्रय सञ्चारमाध्यमले जनाएका छन् ।
पााच सय वर्षअघि जापानको रुक्यु राजवंशले यो महल निर्माण गराएको थियो । काठै–काठले बनेको महललाई जापानले सन् १९३३ राष्ट्रिय सम्पदा घोषणा गरेको थियो ।
तर दोस्रो विश्वयुद्धका क्रममा यो महल क्षतिग्रस्त भएको थियो । ध्वस्त भएको महललाई पुनर्निर्माण गरेर अहिलेको अवस्थामा ल्याइएको थियो ।















प्रतिक्रिया