
काठमाडौं,१३ कार्तिक । अघिल्लो दशैँसम्ममा मेलम्ची खानेपानी आयोजनाको पानी काठमाण्डौ आइपुग्ने भनिएपनि आउन नसकेपछि अर्को दशैँ अघि नै काठमाण्डू ल्याउने सम्भावना भने उच्च रहेको आयोजनाका उच्च अधिकारीले बताएका छन् ।
सरकारले एक चिनियाँ निर्माण कम्पनीलाई मेलम्चीको बाँकी काम पूरा गर्ने जिम्मेवारी दिएपछि अबको एक वर्ष्भित्र मेलम्ची आयोजनाले पूर्णता पाउन लागेको मेलम्ची बोर्डका अधिकारीहरू बताउँछन् । गत महिना चिनियाँ ठेकेदारसँग १५ महिनामा काम सक्ने गरि सम्झौता भएको थियो।
सिन्धुपाल्चोकबाट बग्ने मेलम्ची नदीको पानी काठमाण्डू ल्याउने २७ किलोमिटर लामो सुरुङ छिचोल्ने काम गत वर्ष नै पूरा भइसकेपनि सुरुङको भित्री भाग सबल बनाउने काम बाँकी नै छ।
त्योसँगै मेलम्ची नदीमा सानो बाँध बनाएर जम्मा हुने पानी सुरुङभित्र सोझ्याउने ’हेडवर्क्स्’को काम पनि सुरु हुन बाँकी नै छ । बाँकी रहेको काम पुरा गर्न नयाँ चिँनिया कम्पनीलाई जिम्मा दिएपछि अब अर्को वर्ष मेलम्चीको खानेपानी काठमाण्डौ आइपुग्ने सम्भावना बढेको हो ।












प्रतिक्रिया