१४ कार्तिक २०८३, शनिबार

खुम्बु भ्रमणमा आएका विदेशी पर्यटकको मृत्यु

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


सोलुखुम्बु, १३ कात्तिक । खुम्बु क्षेत्रको भ्रमणमा आएका एक विदेशी पर्यटकको सुतैको ठाउँमा मृत्यु भएको छ । खुम्बु पासाङ ल्हामु गाउँपालिका–४ लबुचेमा बेलायती नागरिक केलीनु जोसेफको मृत्यु भएको सोलुखुम्बु प्रहरीले जनाएको छ ।

मङ्गलबार बिहान होटलमा सुतिरहेकै अवस्थामा ५४ वर्षीय जोसेफको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी निरीक्षक उत्तम कार्कीले जानकारी दिनुभयो ।

उहाँका अनुसार मृत्युको कारण भने खुल्न सकेको छैन । शवको मङ्गलबारै कानूनी प्रक्रिया पूरा गरी हेलिकप्टरमार्फत काठमाडौँ पठाइएको प्रहरीले जनाएको छ । –रासस