
काठमाडौं, १३ कात्तिक । नेपाल प्रहरीका महानिरिक्षक (आईजी) सर्वेन्द्र खनालले आपराधिक समूह वा त्योसँग मिलेर आफूलाई कमजोर बनाउने षडयन्त्र कसैले गरेको भए त्यो दिवा सपना मात्र भएको चेतावनी दिएका छन् ।
एउटा अन्तरवार्ताका क्रममा नेपाल प्रहरी अहिले काम कर्तव्य र परिणाममा देशभित्र नभई बाहिर पनि अब्बल आइरहेका बेला त्यस्तो कुचेष्ठा कसैले गरेको भए सच्चिनका लागि सुझाव पनि दिएका छन् ।
विभिन्न विधामा अवार्ड पाएका आईजी खनालले अगाडि भनेका छन्,‘अन्तर्राष्ट्रिय स्तरमा गरिएको रुल अफ ल को मापनमा ५ वटा सूचकले नेपाल प्रहरीलाई माथि देखाएको छ । चिलीमा भर्खरै सम्पन्न इन्टरपोलको रुल अफ ल अन्तर्गत (पीस) शान्ति सूचकमा हामीलाई दक्षिण एसियामा सबैभन्दा माथि राखेको छ ।’
यस्ता बेलामा प्रहरीलाई कमजोर बनाउनेले टाउको उठाउन खोजेको जनाउँदै खनालले भनेका छन्,‘संरचना निर्माण, संविधान कार्यान्वयन तथा संक्रमणकालको बेला अपराधीहरु टाउको उठाउन खोज्छन् । यतिखेर प्रहरीलाई कमजोर गराएर आफ्नो स्वार्थपूर्ति गराउने, तस्करी गराउने, संगठित अपराध गर्ने, त्यसको पहुँच सरकारसँग पुर्याउन उद्दत हुने यो अन्तर्राष्ट्रिय प्रचलन हो । म स्पष्ट छु यस्तो बेला कुनै अपराधीलाई टाउको उठाउन दिन्न ।’















प्रतिक्रिया