बैतडी, १३ कात्तिक । बैतडीमा एक सुत्केरी हेलिकप्टरबाट उद्धार गरिएको छ । सिगास गाउँपालिका ६ लेकमकी २३ वर्षीया धाना साउदको नेपाली सेनाको हेलिकोप्टरमार्फत उद्धार गरिएको हाे ।
उनलाई कोहलपुर मेडिकल कलेज लगिएको छ । मंगलबार बिहान ९ बजेर ५० मिनेटमा प्रसूती सेवा केन्द्र लेकममा सुत्केरी भएकी धानाको अत्यधिक रक्तश्राव भएपछि उद्धार गरिएको थियाे ।
सुत्केरी भएपछि रक्तश्राव नरोकिएपछि राष्ट्रपति उद्धार कार्यक्रम अन्तर्गत सुत्केरी महिलाको उपचारका लागि हेलिकप्टर बोलाइएको प्रमुख जिल्ला अधिकारी आनन्द पौडेलले जानकारी दिए ।
सुत्केरी साउदलाई कोहलपुर मेडिकल कलेजमा भर्ना गरिएको सुत्केरीको साथमै रेहेकी प्रसूती सेवा केन्द्र लेकमकी अनमी पार्वती बोहरा साउदले जानकारी दिइन् ।
धाना सुत्केरी व्यथा लागेपछि मंगलबार बिहान ६ः४५ बजे प्रसूती सेवा केन्द्र लेकममा पुगेकी थिइन् ।












प्रतिक्रिया