१४ कार्तिक २०८३, शनिबार

तिहारमा पनि योजना अनुगमन

154
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


जाजरकोट, १२ कात्तिक । सङ्घीय सरकार र प्रदेश सरकारबाट जिल्लामा परेको योजनाको अनुगमन तथा जनतासँग घरदैलो भेटघाटमा डोल्पाका प्रदेशसभा सदस्य तथा पार्टीका नेताहरुको दिन बितेको छ ।

राज्यले लगानी गरे पनि सन्तोषजनक प्रतिफल नआएको गुनासो बढेपछि प्रदेशसभा सदस्यहरु गाउँगाउँमा योजना अनुगमनमा गएको प्रदेशसभा सदस्य वीरबहादुर शाहीले जानकारी दिनुभयो ।

प्रदेश सरकारबाट स्थानीय तहमा दिइएका योजनाहरुको एक–एक गरेर अनुगमन गर्दै मुड्केचुला पुगेर फर्केको प्रदेशसभा सदस्य शाहीले जानकारी दिनुभयो ।

कर्णाली प्रदेश सरकारले दिएका त्रिपुरासुन्दरी नगरपालिका, जगदुल्ला गाउँपालिका र मुड्केचुला गाउँपालिकामा निर्माण भएका र हँुदै गरेका योजनाहरुको अनुगमन गरिएको हो ।

तिहार पर्वको समयमा पनि फुर्सद निकालेर तीनवटै स्थानीय तहका पदाधिकारीहरुसँग योजनाहरुको विकासको समीक्षा गरिएको शाहीले बताउनुभयो । उहाँका अनुसार अनुगमन गर्दा योजनाहरु सन्तोषजनक रुपमा सम्पन्न भएका र कार्यान्वयनको चरणमा रहेको पाइएको छ ।

अनुगमन टोलीमा प्रदेशसभा सदस्य शाही, बद्मी क्वारी बोहोरा, नेकपा डोल्पाका इन्चार्ज तथा नेकपा केन्द्रीय सदस्य हंसबहादुर शाहीलगायत संलग्न हुनुहुन्थ्यो । –रासस