१४ कार्तिक २०८३, शनिबार

गुल्मीमा पनि जुवा खेल्ने १७ जना पक्राउ

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फाइल तस्वीर

गुल्मी, ११ कात्तिक । जुवा खेल्दै गरेको अवस्थामा प्रहरीले गए राति १७ जनालाई पक्राउ गरेको छ । गुल्मी दरबार गाउँपालिका–७ को गलामस्थित लीलासिं अधिकारीको घरबाट उनीहरु पक्राउ परेका हुन् ।

पक्राउ परेका व्यक्तिको साथबाट प्रहरीले रु दुई लाख ८२ हजार बरामद गरेकोे प्रहही नायब उपरीक्षक मीनबहादुर घलेले जानकारी दिनुभयो ।

पक्राउ पर्नेमा गुल्मी दरबार गाउँपालिका–७ का कृष्णबहादुर खनाल, सुजन अधिकारी, लीलासिं अधिकारी, अर्जुन बस्नेत, हिमाल अधिकारी, यमबहादुर कार्की, सुमन टण्डन, हरि खत्री, पूर्णबहादुर खड्का, भोजेन्द्र बस्नेत, विनोद टण्डन, विमल बस्नेत, नारायण टण्डन, विक्रम बस्नेत, नारायण टण्डन, रेसुङ्गा नगरपालिका–१२ का सन्तोष टण्डन, अनिल बस्नेतलगायत छन् ।

उनीहरुलाई प्रचलित कानूनअनुसार कारवाही गरिने घलेले बताउनुभयो । –रासस