१४ कार्तिक २०८३, शनिबार

शहिद तथा बेपत्ता परिवारले न्याय पाएन : नेकपा नेता पुन

1.1k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


धादिङ, १० कात्तिक । नेपाल कम्युनिष्ट पार्टि (नेकपा) केन्द्रीय सदस्य तथा पुर्व बाणिज्य तथा आपुर्ती मन्त्री गणेशमान पुनले सशस्त्र द्धन्दका क्रममा शहिद तथा बेपत्ता भएका व्यक्तिका परिवारले अझै न्याय नपाएको बताएका छन् ।

धादिङको मलेखुमा अमृत उज्वल स्मृति मंच र अमृत कडेल स्मृति प्रतिष्ठानद्धारा आयोजित स्मृती सभामा बोल्दै पूर्वमन्त्री समेत रहेका नेकपा नेता पुनले सशस्त्र द्धन्दका क्रममा शहिद तथा बेपत्ता भएका व्यक्तिका परिवारले उचित न्याय नपाएको तथा द्धन्दका क्रममा राज्य पक्षवाट बेपत्ता भएका सदस्यको अवस्था अहिले सम्म पनि पत्ता नलागेकाले सत्य तथ्य चाँडो ल्याउनु पर्ने बताए ।

पुनले सशस्त्र द्धन्द्धकालमा वेपत्ता पारिएका व्यक्तिका आफन्तले, बेपत्ता पारियका व्यक्तिहरुको छानविन आयोगले अहिले सम्म आफूहरुलाई न्याय दिन नसकेको तथा सत्य निरुपण तथा मेलमिलाप आयोगले अझैसम्म पनी सत्य तथ्य पत्ता लगाउन नसकेको र दुवै आयोग आयोगकै झमेलामा पर्दा म्याद समेत सकिएको बताए ।

कार्यक्रमको प्रमुख अतिथी समेत रहेका नेता पुनले शसस्त्र द्धन्दका क्रममा शहिद तथा बेपत्ता भएका व्यक्तिका परिवारलाई न्याय दिन बर्तमान सरकारले अव शक्तीशाली आयोग गठन गर्ने तयारी गरेको समेत बताए ।

यता नेकपा केन्द्रीय सदस्य पुष्प विक्रम मल्लले पनी शसस्त्र द्धन्दका क्रममा शहिद तथा बेपत्ता भएका हरुकोे अवस्था अहिले सम्म पनि पत्ता नलागेकाले बेपत्ता भएका हरुकोे परिवारलाई न्याय दिन, सत्य तथ्य चाँडो सर्वाजनिक गर्न सरकारसंग माग गरेका छन् ।

धादिङ जिल्लावाट मात्र सशस्त्र द्धन्दका क्रममा २६ जना बेपत्ता भएका छन् ।

मलेखुमा काग तिहारको अवशर पारेर अमृत उज्वल स्मृति मंच र अमृत कडेल स्मृति प्रतिष्ठान बेनिघाट रोराङ गाँउपालिकाद्धारा विशेष साँस्कृतिक कार्यक्रमको साथ स्मृति सभा सम्पन्न गरेको हो ।

सशस्त्र द्धन्दको समयमा राज्यपक्षवाट बेपत्ता पारिएका धादिङ जिल्ला बेनिघाट रोराङ गाँउपालिका वडा नं.३ (साविक बेनिघाट गा.वि.स वडा नं.२) स्थाई घर भएका अमृत कुमार कँडेल र सोहि ठाँउका राजेन्द्र बराम(उज्जल)को सम्झनामा अमृत उज्वल स्मृति मंच र अमृत कडेल स्मृति प्रतिष्ठानको संयुक्त आयोजनामा तथा शसस्त्र द्धन्दको क्रममा वेपत्ता पारिएकाहरुको को विशेष सम्झना तथा सहिदहरु प्रति श्रदाञ्जलि सभा गरियको अमृत कडेल स्मृति प्रतिष्ठानका अध्यक्ष राजेन्द्र कँडेलले बताए ।

अमृत उज्वल स्मृति मंच र अमृत कडेल स्मृति प्रतिष्ठानले प्रत्येक बर्ष संयुक्त रुपमा स्मृती सभा तथा साँस्कृतिक कार्यक्रमको आयोजना गर्ने गरेको छ ।

बेपत्ता रहेका अमृत कँडेल तात्कालिन नेकपा माओवादि पार्टिको ईलाका सदस्यको जिम्मेवारीमा थिए भने नेकपा माओवादी निकट अनेरास्ववियु क्रान्तिकारीका समेत नेता थिए ।

राजधानी काठमाण्डौँ स्थित अमृत साईन्स क्याम्पसमा अध्ययनरत् कँडेल क्याम्पसवाट चावहिल स्थित् डेरा तर्फ जाँदै गर्दा वि.सं.२०६० साल असोज २३ गते भैरवनाथ दल गणवाट खटिएका नेपाली सेनाको टोलीले लगेको थियो । त्यस पश्चात् आजका मितीसम्म कुनै पत्तो नलागेको कँडेलका दाजु राजेन्द्र कडेलले बताए ।

त्यसैगरी जनयुद्धकै क्रममा बि.सं.२०६१ साल माघ १० गते सोहि स्थानका राजेन्द्र बराम(उज्जल) समेत राज्य पक्षवाटै बेपत्ता पारिएको राजेन्द्र कँडेलले बताए ।

उनीहरुकै स्मृतीमा काग तिहारका दिन स्मृती सभा संगै साँस्कृतीक कार्यक्रमको आयोजना गरिएको हो ।

कार्यक्रम बेपत्ता परिवार समाज धादिङका अध्यक्ष तथा बेपत्ता भएका अमृत कुमार कँडेलका बाबु टिका नाथ कँडेलको अध्यक्षतामा तथा नेकपा केन्द्रीय सदस्य तथा पुर्व वाणिज्य तथा आपुर्ती मन्त्री गणेशमान पुनको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।

कार्यक्रममा राष्ट्रिय तथा स्थानिय ख्याती प्राप्त कलाकारहरुको समेत बेजोड प्रस्तुती रहेको थियो ।