४ कार्तिक २०८३, बुधबार

किड्स अफ दि इयर बने चिराग, संस्कृति र सानवी घाेषित

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौँ, १० कात्तिक । ‘किड्स अफ दि इयर २०१९’को उपाधि चिराग बजगाई, संस्कृति पाण्डे र सानवी सारले चुमेका छन् । चिरागले बालक तर्फको उपाधि हातपार्दा संस्कृतिले बालिका तर्फको जुनियर र सानवीले सिनियर तर्फको उपाधि लगाउन सफल भए ।

तीनै विजेताले उपाधिका साथमा विभिन्न गिफ्ट तथा अवसर पुरस्कारको रुपमा प्राप्त गरे । कार्यक्रममा तीनै बिजेताले अन्तराष्ट्रिय सौदर्य प्रतियोगितामा नेपालको प्रतिनिधित्व समेत गर्ने आयोजकले जानकारी दियो ।

शनिबार अबेर साँझ राष्ट्रिय नाँचघर जमलमा सम्पन्न प्रतियोगितामा बालक तर्फ पन्चाङ्ग मिश्र फष्टरनर अप र उज्वल लामा सेकेन्ड रनरअप चुनिदा जुनियर बालिका तर्फ रिमझिम पाल्देन लामा र डिकी चेन्जोन शेर्पा क्रमस फष्ट रनरअप र सेकेन्ड रनरअप भए ।

त्यस्तै सिनियर बालिका तर्फ संध्या साह फष्टरनरअप र कितावी बराल सेकेन्ड रनरअप घोषित भए ।

९ देखि १४ वर्षसम्मका १४ बालक र ३२ बालिका सहभागी प्रतियोगिताममा बालिका तर्फ ९ देखि १२ जुनियर र १२ देखि १४ सिनियर भनेर छुट्ट्याइएको थियो ।

बालबाललिकाको व्यक्तित्व विकास, क्षमता अभिवृद्धि गर्दै उज्वल भविष्य निर्माणका लागि उनीहरुलाई सक्षम बनाउने उदेश्यले आयोजित प्रतियोगिता रेडियन्ट इभेन्ट म्यानेजमेन्ट एजेन्सीले आयोजना गरेको हो ।

प्रतियोगिताको कोरियोग्राफी आयोजक रेडियन्टका प्रबन्ध निर्देशक तथा अन्तराष्ट्रिय कोरियोग्राफर राज फैजुले गरेका थिए ।

कार्यक्रममा बालबालिकालाई बिभिन्न आकर्षक पहिरनमा र्याम्पवाक समेत गराइएको थियो । प्रतियोगिले लगाएको आकर्षक पहिरनको डिजाइन श्रीषा बैदार फैजुले तयार पारेकी हुन् ।

स्यान्द्रा पुन (अन्तराष्ट्रिय मेकअप आर्टिस), ऋषिराज आचार्य (चलचित्र निर्देशक), पुनम प्रधान (गायिका) ऋचा न्यौपाने (सेकेन्ड रनरअफ मिस काभ्र २०१८) सरिता ज्ञावली कार्यक्रम प्रस्तोता तथा निर्माता कान्तिपुर टेलिभिजन) निणार्यक रहेको यो प्रतियोगिता आम सौदर्य प्रतियोगिता भन्दा फरक तवरबाट आयोजना भएको थियो ।

व्यक्तित्व विकास, डान्स, सन्चारकला, विभिन्न टपिसमा ग्रुमिङ क्लास, क्याटवाक, सेल्फ डिभाइन लगायत दर्जन बढी विषयमा अनुभवी प्रशिक्षकको प्रशिक्षण सहित आयोजकले प्रतियोगिलाई अन्तिम स्पर्धामा उतारेको हो ।

विभिन्न दर्जन उपशिर्षकमा समेत बिजेता छानिएको प्रतियोगितामा गीत, संगीत र नृत्यको धमाका समेत रहेको थियो ।