११ मंसिर २०८३, शुक्रबार

बर्दीमै रहेका प्रहरीमाथि हातपात गर्दा पनि मुद्धा नचलाएपछि दाङका सिडिओ र एसपी विवादमा

6.4k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


दाङ, ९ कात्तिक । कैलालीबाट पक्राउ गरेर ल्याएपछि दाङ प्रहरीले मुद्धा चलाएका विवेक श्रेष्ठ तिन दिन पछि प्रहरीले छाडेपछि यसमा दाङको जिल्ला प्रशासन र जिल्ला प्रहरी कार्यालयको नेतृत्व तह नै विवादमा मुछिएको छ ।

झन्डै दुई महिनादेखी फरार रहेका श्रेष्ठलाई एकाएक पक्राउ गरेर तुरुन्तै कारवाही प्रकृया अघि नबढाएपछि सिडिओ र एसपी आँफै विवादमा मुछिएका हुन् । बर्दीको प्रहरीलाई नै उचालेर फाल्दा पनि जिल्ला प्रशासन र जिप्रकाले कारवाही नगरेपछि त्यस निकायका प्रमुखहरुको आलोचना भएको हो ।

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका रजिष्टार रामप्रशाद प्याकुरेल र बर्दीमा रहेका प्रहरीलाई उचालेर श्रेष्ठले फालेपछि उनको चौतर्फी आलोचना भएपनि पछि रजिष्टार प्याकुरेलले श्रेष्ठ विरुद्ध मुद्धा दर्ता गरेपछि दुई महिना उनी फरार भए ।

फरार रहेका श्रेष्ठलाई छाड्न प्रहरी नेतृत्व र जिल्ला प्रशासन प्रमुख आँफै नै तयार हुनुले पनि यो कुरा दवावमा भएको हुन सक्ने धेरैले आंकलन गरेका छन् ।

सामान्य मुद्धामा अनावश्यकरुपमा दुख दिनुका साथै २५ दिनसम्म नै हिरासतमा राखेर प्रहरी प्रशासनले अनुसन्धानका नाममा राख्ने गरेपनि रजिष्टारमाथि हातपात गरेर र बर्दीमा रहेको प्रहरीलाई उचालेर फालेर भागेका श्रेष्ठलाई आँफै प्रहरी प्रशासन अति नै नरम भएर छाडेपछि दाङमा धेरै आलोचना भएको छ ।

तत्कालिन दाङका प्रहरी प्रमुख एसपी वेल पाण्डेले आफै नै श्रेष्ठ विरुद्ध प्रहरी र रजिष्टारमाथिको हातपातको मुद्धा दर्ता गरेका थिए । पाण्डे हुँदासम्म श्रेष्ठ भागेका थिए ।

पाण्डेको सरुवा भएसंगै दाङ आएका नयाँ एसपि जनक भट्टराईले यो मुद्धामा आँफै लचिलो भएर तिन दिनमै अनुसन्धान प्रकृया टुङ्गियो भनेर जिल्ला प्रशासन कार्यालय दाङमा पेश गर्नुले उनी पनि यो मुद्धामा खासै प्रहरीकोतर्फवाट अडान लिएको देखिन्न ।

आफ्नै डिउटीमा रहेको प्रहरीमाथि हातपातको सिसिटिभिमा प्रष्टरुपमा सार्वजनिकरुपमा आउदा पनि एसपी भट्टराई र दाङका प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालले कुनै पनि कारवाही गर्न रुचि देखाएनन् ।

श्रेष्ठ विरुद्धको मुद्धा दर्ता भएपनि उनी पक्राउ परेपछि सत्तारुढ पार्टीको दवावमा यहाँको स्थानीय प्रहरी प्रशासनले तीन दिनमै मुद्धा टुङ्ग्यायो । सत्तारुढ पार्टि नेकपाको दवावमा जिल्ला प्रहरीको नेतृत्व र प्रमुख जिल्ला अधिकारीले भुमिका खेलेको गुनासाहरु आउन थालेका छन् ।

रजिष्टार प्याकुरेललाई पनि सत्तारुढ पार्टिले दवाव दिएर यो मुद्धामा केही नभएको भनेर जिप्रका दाङमा पत्र लेख्न लगाईएको कुरा आउन थालेका छन् ।

प्रहरी र रजिष्टारमाथि हातपातको मुद्धा एसपी पाण्डेले दर्ता गरेपनि नयाँ आएका एसपी भट्टराई आउनासाथ उनि मुद्धा नचलाई मिलापत्र गरेर टुङ्ग्याउन आँफै लागे । प्रहरी नै दवावमा परेर मुद्धा टुङ्ग्याएको छ ।

जिल्ला प्रशासन कार्यालय दाङले १० दिनको म्याद दिएको कुरा वाहीर सञ्चारमाध्यममा आएपनि सत्तारुढ पार्टिले दवाव दिन थालेपछि भित्रभित्रै सिडिओ र एसपी नै यो मुद्धा जति सक्यो चाडै टुङ्ग्याएर पन्छिन चाहन्थे । पक्राउ परेको तीन दिनमै मुद्धा टुङ्गाउनुका सिडिओ र एसपीको प्रष्ट भुमिका देखीएको छ ।

तत्कालिन एसपी पाण्डेले प्रहरीमाथिको हातपातको मुद्धा दर्ता गरेर गएपनि एसपी भट्टराइले आफ्नै प्रहरी माथिको हातपातको मुद्धा नचलाएर सत्तामाथि वफादार देखीए । भट्टराई बढुवा भएर एसएसपीको लाइनमा रहेका छन् । तर, भट्टराइले श्रेष्ठले बर्दीमा रहेका प्रहरीमाथी हातपातको मुद्धा नचलाएपछि पनि उनी विवादमा तानिएका हुन् ।

मुद्धा दर्ता गर्ने एसपी पाण्डेले जानेक्रममा यो विषयमा मुद्धा दर्ता गरेर गएको बताएपछि उनि आफै मुद्धा नचलाएपछि विवादमा परेका हुन् । प्रहरीलाई नै हातपात गरेको मुद्धामा प्रहरी नै आफैले मुद्धा नचलाएपछि एसपी भट्टराइको दाङमा चर्को आलोचना भएको छ ।

सिडिओ रिजाल र एसपी भट्टराइले रजिष्टारमाथि हातपातको मुद्धामा रजिष्टार आँफैले नै मुद्धा कमजोर बनाएको र पछि जाहेरी पनि केही नभएको भनेर दिएकाले पनि त्यो मुद्धामा कारवाही गर्न नसकेको बताए ।

प्रहरीमाथिको हातपातको मुद्धा प्रहरीले आँफै नै नचलाएको हो । सिडिओ रिजाल र एसपी भट्टराइले मिलापत्रमा मुद्धा टुङ्ग्याईएको र कागज गरेर आउदा दीनमा यस्ता गल्ती नगर्ने गरी छाडिएको बताए ।

रिजालले फेरी पनि यस्ता हर्कत दोहो¥याए आफुले नछाड्ने पनि बताए । प्रहरीमाथि हातपातको मुद्धा दर्ता नभएको भनेर पन्छिएपछि कमजोर बनाउन नै आफै एसपि नै खटिएका थिए ।

रजिष्टार आँफैले हातपातको मुद्धामा श्रेष्ठ आँफैले गल्ती गरेको महसुस गरेकाले प्रहरीमा निवेदन दिएर सहज वातावरण बनाएको बताए । उनले जिल्लाको सहज वातावरण बनाउन आफुले निवेदन दिएको बताए । कैलालीको भजनिबाट प्रहरीले लुकिछिपी बसेको अवस्थामा फरार भइरहेका श्रेष्ठलाई झन्डै २ महिनापछि पक्राउ गरेको थियो ।

सामान्य घटनामा २५ दिनसम्म हिरासतमा राखेर अनुसन्धान गर्ने प्रहरीले जिल्ला प्रसासन दाङले १० दिनको म्याद थप गरेकोमा पक्राउ परेको ३ दिनमा अनुसन्धान पुरा भएको भन्दै जिल्ला प्रशासन दाङमा दाङ प्रहरिले श्रेष्ठलाई पेश गरेको थियो ।

सिडिओ रिजालले श्रेष्ठलाई पक्राउ गरेर गल्ति गर्ने कसैलाई पनि नछाड्ने भनेर सन्देश दिएको पनि बताए । जिल्ला सरकारी वकिल कार्यालय स्रोत अनुसार जाहेरवाला नै निवेदन दिएर सहज बनाएको र प्रहरीले सत्तारुढ पार्टीको दबाबमा छाडेको र छिटो छिटो गरेर प्रहरीले मुद्धा टुङ्ग्याउन खोजेको जनाएको छ ।

यसअघि पनि दाङ प्रहरीले धर्मप्रचारमा क्रीस्चियनलाई पक्राउ गरेपनि ७ दिनमै अनुसन्धान गरेर अदालत पेस गरेको थियो । तर, प्रहरीले आफुलाइ मन लागेको मुद्धामा दबाबमा परेर यसरी म्याद थप अगावै प्रशासन र अदालतमा बुझाउँदा प्रहरीप्रति विश्वास घट्दै जाने नागरिकहरुले गुनासो गरेका छन् ।

दाङका एसपी जनक भट्टराईले ३ दिनमै मुद्धा टुङ्गो लगाएर जिल्ला प्रशासनमा मुद्धा पेश गर्न निर्देशन दिएका थिए ।

तर नयाँ आएका एसपी भट्टराईले प्रहरीमाथिको हातपातको मुद्धा दर्ता भएपनि मुद्धा नचलाएपछि यो प्रकारको मुद्धा स्थापित हुन सकेन् ।

प्रहरीमाथि हातपात गर्दा पनि मुद्धा नयाँ एसपीले नचलाएपछि दाङको प्रहरीको मनोबल गिरेको छ । यसैबीच तीन दिनपछि प्रहरीले श्रेष्ठलाई छाडेपछि उनि आफु प्रशासनवाट निक्लनेक्रममा आफु एमाले भएकै कारण छुटेको पनी बताएको उनका निकट एक कार्यकर्ताले बताए ।

श्रेष्ठले सत्यको जित भएको र आफु सदैव सत्यको पछि लाग्ने बताए । हिरासतवाट छुटेपछि अनेरास्ववियु दाङमा सर्जन परीयारको एक समुहले फुुलमालाले वजार घुमाएको थियो ।