१४ कार्तिक २०८३, शनिबार

१३ लाख घाेटाला गर्ने दुई सरकारी कर्मचारी पक्राउ

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

संखुवासभा, ९ कात्तिक । संखुवासभाको बृहत खाँदबारी खानेपानी तथा उपभोक्ता सरसफाई कार्यालयको दुई कर्मचारी पक्राउ परेका छन् ।

काउन्टर सहायक सुरेश ढकाल र मिटर रिडर विक्रम बराल पक्राउ परेका छन् ।

खानेपानी कार्यालयको १३ लाख ९५ हजार ४७ रुपैयाँ रकम घोटलाको आरोप लागेका सहायक सुरेश केही दिन अघि पक्राउ परेको लगत्तै मिटर रिडर बराल पक्राउ समेत पक्राउ परेको खानेपानी कार्यालयले जनाएको छ ।

काउन्टर सहायक सुरेशलाई घोटला गरेको १३ लाख ९५ हजार ४७ रुपैयाँ रकम नबुझाए पछि खानेपानी कार्यालयले सुरेशलाई खानेपानी उपभोक्ता समितीले जिल्ला प्रहरी कार्यालयमा गत भदौ ७ गते जाहेरी दिएको थियो ।

काउन्टर साहयक सुरेहलाई जेठ ७ गते अन्तिम म्याद तोके पनि महिनौ वित्दा समेत घोटलाको रकम नबुझाएको भन्दै प्रहरीलाई जाहेरी दिएका थिए ।

जाहेरी दर्ता भएपछि उनीको लामो खोजीबाट प्रहरीले केही दिन अघि पक्राउ गरेको स्रोतको भनाइ छ । प्रहरीले सुरशेलाई आपराधिक विस्वासघातको मुद्धा दर्ता गरेको बताइएको छ ।

सुरेशको बयानका आधारमा अर्की कर्मचारी मिटर रिडर विक्रम समेत पक्राउ परेका छन् । पक्राउ परेका दुबै कर्मचारीको बारेमा छानविन भइरहेको प्रहरी स्रोतको भनाइ छ ।

उनीहरु कहिले कहाँबाट पक्राउ परेका छन् भन्ने प्रहरीले खुलाएको छैन ।