मुम्बइई । बलिउड अभिनेता सलमान खान अभिनित ‘दबंग ३’को ट्रेलर सार्वजनिक भइसकेको छ ।
ट्रेलरमा सलमान आफ्नो चिरपरिचित अन्दाजमा देखिएका छन् । अर्कोतर्फ फिल्ममा निर्माताले गरेको एउटा गल्तीका कारण दबंग ३ ट्रोल भइरहेको छ ।
फिल्मको ट्रेलरको अन्तिममा अंग्रेजीमा लेखिएको रिलिज मितिमा डिसेम्बर महिनाको हिज्जे गलत छ ।
सामाजिक संजाल प्रयोगकर्ता त्यसमा पनि विशेषगरी ट्विटर प्रयोगकर्ताहरूले सिनेमाको यस गल्तीलाई लिएर फिल्ममाको ट्रोल गरेका हुन् ।
ट्रोल भइसकेपछि हाल सो गल्ती निर्माण पक्षले सच्याइसकेको छ । यसअघि सलमानको ‘रेस ३’ पनि ट्रोलको सिकार भएको थियो । त्यतिबेला थुप्रै मिमसमेत बनाइएको थियो ।
दबंग ३ डिसेम्बर २० मा रिलिज हुँदैछ। फिल्म हिन्दीका अलवा तमिल र तेलेगुमा पनि रिलिज हुनेछ ।















प्रतिक्रिया