१४ कार्तिक २०८३, शनिबार

दाङमा जुवा र जुवाडेको बिगबिगी, ४ समुह ३ लाख रुपैयाँसहित नियन्त्रणमा

588
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


घोराही, ७ कात्तिक । दाङमा दैनिक जसो जुवाडेहरु पक्राउ पर्न थालेका छन् । कानुनले प्रतिबन्ध लगाए पनि अटेरी गरी ठूलो धनराशी बाजी राखेर जुवा खेल्नेहरुलाई प्रहरीले नियन्त्रणमा लिने क्रम बढेको छ ।

दशैँ यता मात्रै ४ समुहलाई झण्डै ३ लाख रुपैयाँसहित नियन्त्रणमा लिएको छ । घोराही र तुलसीपुरका विभिन्न स्थानबाट पक्राउ परेका चार समुहका २४ जना प्रहरीको नियन्त्रणमा पुगेका छन् । गएको असोज २४ गते तुलसीपुर ६ बरुवागाउँबाट ७ जनालाई ५२ हजार ८ सय ३० रुपैयाँ सहित प्रहरीले पक्राउ गरेको थियो ।

यसैगरी यही कार्तिक २ गते घोराही १७ गुलरीयाबाट ७ जना १ लाख १३ हजार ५ सय रुपैयाँ सहित पक्राउ परेका थिए । कार्तिक ३ गते घोराही १५ मिलनचोकबाट ७४ हजार ५ सय ६० रुपैयाँ सहित ५ जना पक्राउ परेका थिए ।

यसैबिच आज फेरी प्रहरीले घोराही १३ डुम्मरगाउँबाट ५२ हजार ८ सय २५ रुपैयाँ सहित ५ जना जुवाडे पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालयले दिएको जानकारी अनुसार घोराही १३ का इश्वर बहादुर महरा, कमल विक, नविन जिएम, रोल्पा त्रिबेणि १ का परभान पुन र भिमबहादुर बुढालाई जुवा खेल्ने क्रममा पक्राउ गरिएको हो ।