बुधबार, २७ कार्तिक २०७६
DainikNepal.com
बुधबार, २७ कार्तिक २०७६

बलात्कार र हत्या अभियुक्त १८ बर्षपछि नेपाल डिपोर्ट, अमेरिकामा लुकेका थिए

दैनिक नेपाल २०७६ कार्तिक ६ गते १३:०६

काठमाडौं, ६ कात्तिक । झापा चन्द्रगढी–३ की सन्ध्या राजवंशीको बलात्कारपछि हत्या गरी अमेरिका फरार रहेका एक व्यक्तिलाई अमेरिकी प्रहरीले नेपाल डिपोर्ट गरेको छ ।

चन्द्रगढी–३ मै घर भएका लिलाराज गौतमलाई पक्राउ गरी नेपाल डिपोर्ट गरिएको हो । नेपाल प्रहरीले गौतम बलात्कार र हत्या अभियोगमा फरार अभियुक्त भएको भन्दै इन्टरपोलमा सूचना जारी गरेको थियो ।

तुर्किस एयरबाट ल्याइएका गौतमलाई बुधबार अमेरिकी प्रहरीले नेपाल प्रहरीलाई बुझाएको हो । ३ फेब्रुअरी २०१८ मा अमेरिकामा पक्राउ गरिएका गौतमलाई त्यहाँको प्रहरीले केरकार गरेको थियो ।

२९ असोज, २०५७ राती गौतमसहित मनोज खड्का र सीताराम खड्काले राजवंशीको सामूहिक बलात्कार गरी घाँटी थिचेर हत्या गरेका थिए ।

हत्यापछि उनीहरूले युवतीको शव रूखमा झुण्डाएका थिए । मृतकका बुवाले ३ जनाविरूद्ध उजुरी दिए । २१ कात्तिक, २०५८ मा  जिल्ला अदालत झापाले गौतमलाई सफाइ दिएको थियो ।

पुनरावेदनमा पनि सफाई पाएका गौतमलगायतलाई १९ भदौ २०६६ मा सर्वोच्च अदालतले भने जन्मकैदको फैसला सुनाएको थियो । गौतम सोही समयमा फरार थिए ।

प्रतिक्रिया
सम्बन्धित