
काठमाडौँ, ५ कात्तिक । आफ्नो विवादित गीत युट्युबबाट हटाउने सहमतिपछि गायक दुर्गेश थापा प्रहरी हिरासतमुक्त भएका छन् ।
तिहारको छेको पारेर सार्वजनिक गीत ‘ह्याप्पी तिहार, चिसो बियर’ मा प्रयोग गरिएको शब्दका कारण विवादमा तानिएका उनी मंगलबार पक्राउ परेका थिए ।
दुर्गेशले सार्वजनिक गरेको ‘ह्याप्पी तिहार, चिसो वियर’मा ‘ए निकाल गाँजा, खानुपर्छ आज’ भन्ने जस्ता शब्द प्रयोग गरेका थिए ।
उक्त गीत हटाउनुपर्ने माग गर्दै जिल्ला प्रशासनमा उजुरी परेकोले प्रहरीले उनलाई पक्राउ गरेको थियो ।











प्रतिक्रिया