११ मंसिर २०८३, शुक्रबार

प्रधानमन्त्रीसँग दुई घन्टा सल्लाह भयो, प्रचारको भ्रममा नपरौं : प्रचण्ड

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ५ कात्तिक । नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रचारमा आएजस्तो प्रधानमन्त्री केपी शर्मा ओलीसँग कुनै विवाद नरहेको टिप्पणी गरेका छन् ।

‘हिजो मात्र दुई घन्टा प्रधानमन्त्रीसँग मेरो सल्लाह भएको छ । कसरी समझदारीमा अघि बढ्ने, महाधिवेशनसम्म जाँदा समस्या कसरी समाधान गर्ने भन्ने पनि चर्चा भयो, प्रचारमा आएको विवादको कुरा भ्रम हो, यसमा नपरौं’, प्रचण्डले पाँचथरमा भने,‘सहमति कार्यान्वयन भएका कारणले नै पार्टी एकता गरी यहाँसम्म आइपुगेका हौं ।’

मन्त्रिपरिषदका निर्णय प्रधानमन्त्रीको कार्याक्षेत्र भएका कारण त्यसमा आफूलाई कुनै जानकारी नभएको बताएका उनले शान्ति प्रक्रियाका बाँकी काम पुरा गर्ने विषयमा अग्रसर भइसकेको बताएका छन् ।