
काठमाडौँ, ५ कात्तिक । डोजर प्रयोग गरी एक महिलालाई उधिनेर फाल्ने चालक पक्राउ परेका छन् । बैतडीको दशरथचन्द नगरपालिका ग्वालेककी गौरी जोशी बाटो खन्ने क्रममा डोजर चालकले उधिनेर हुत्याउँदा गम्भीर घाइते भएकी प्रहरीले जनाएको छ । घटनामा उनीसँगै जम्मा ८ जना घाइते भएका छन् ।
डोजर आतंक मच्चाउने डोजर चालक किशोर बोहरालाई बैतडी प्रहरीले पक्राउ गरी अनुसन्धान सुरु गरेको जनाएको छ ।
जग्गामा भएको विवाद मिलाउन अगाबै डोजरले बाटो खन्न थालेपछि स्थानीयले अवरोध गरेका थिए ।
सोही क्रममा डोजर चालक बोहराले अवरोध गर्न आएकी जोशीलाई डोजरले उधिनेर फालेका थिए । घाइते भएका जोशीसहित ८ जनाको बैतडी जिल्ला अस्पतालमा उपचार भइरहेको छ ।
डोजर आतंकको उक्त भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ भने वुद्धीजीविहरुले घटनाको भत्र्सना गर्दै दोषीमाथि कारवाहीको माग गरिएको छ ।











प्रतिक्रिया