बुधबार, २७ कार्तिक २०७६
DainikNepal.com
बुधबार, २७ कार्तिक २०७६

‘भारतीय नागरिक’ भनिएका पूर्वगृहराज्यमन्त्री कँडेलले प्रचण्डको टाउको झोलामा ल्याउन भनेका थिए

दैनिक नेपाल २०७६ कार्तिक ५ गते ११:४९

काठमाडौं, ५ कात्तिक । कांग्रेस सांसद तथा पूर्वगृहराज्यमन्त्री देवेन्द्रराज कँडेलले तत्कालिन अवस्थामा नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलगायतका नेताको टाउको झोलामा ल्याउन उर्दी गरेका थिए ।

राजा ज्ञानेन्द्रको प्रत्यक्ष कार्यकालमा तत्कालिन शेरबहादुर देउवा नेतृत्वको सरकारमा गृहराज्यमन्त्री रहेका कँडेल भारतीय नागरिक भएको विवरण बाहिर आएका छन् ।

उनी गृहराज्यमन्त्री हुँदा एउटा सार्वजनिक कार्यक्रममा तत्कालिन सरकारले गरेको निर्णय कार्यान्वयनका विषयमा बोल्दै प्रचण्ड, डा. बाबुराम भट्टराई र मोहन वैद्यको टाउको झोलामा ल्याए ५० लाख नगद दिने बताएका थिए ।

उनी भारतको उत्तरप्रदेशको गोरखपुरनिवासी उल्लेख गर्दै महाराजगञ्जको ठुठीबारीस्थित राधादेवी इन्टरकलेज व्यवस्थापन समितिको अध्यक्ष भएको समाचारहरूमा जनाइएको छ ।

निर्वाचित भएलगत्तै हिन्दी भाषामा शपथ खाँदा कँडेलले आफू भारतको ३३ कसाहा रोड, बेतिया हाता, जनपद गोरखपुरको बासिन्दा भएको विवरण गलत भए भारतको संविधानअनुसार कारबाही भोग्न तयार रहेको स्वघोषणा पनि उनले शपथमा गरेका छन् ।

कँडेलले भने आफू भारतको अस्थायी बासिन्दा मात्रै भएको दाबी गरेका छन् । उनी कांग्रेसको तर्फबाट नवलपरासी पश्चिम २ बाटबाट निर्वा्चित प्रतिनिधिसभाको सांसद हुन् ।

प्रतिक्रिया
सम्बन्धित