११ मंसिर २०८३, शुक्रबार

कांग्रेसका पदाधिकारीहरूकाे बैठक बुढानिलकण्ठमा बस्दै

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडाैं, ५ कात्तिक । मुलुककाे पछिल्लाे राजनीतिक अवस्थाका बारेमा छलफल गर्न नेपाली कांग्रेसका पदाधिकारीहरूकाे बैठक बस्दैछ ।

सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा अहिले केही समयपछि बस्न लागेको बैठकमा भ्रातृसंस्था, केन्द्रीय विभागसहितका विषयमा छलफल हुनेछ ।

बैठकमा सोमवार प्रधानमन्त्री केपी ओली र नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग बालुवाटारमा सभापति देउवासँग भएको कुराकानीका बारेमा पनि छलफल हुने सहमहामन्त्री डा. प्रकाशशरण महतले जानकारी दिए ।

ओली, प्रचण्ड र देउवाबीच सोमबार सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता छानबिन आयोग गठनसम्बन्धी छलफल भएको थियो ।

सोही छलफलमा सतारुढ दलले आयोग गठन सम्बन्धी राखेको प्रस्तावका बारेमा पदाधिकारी बैठकमा छलफल हुने डा. महतले बताए ।

उनले बैठकमा नेबिसंघको तदर्थ समिति गठनका बिषयमा पनि छलफल हुने जानकारी दिए ।