४ कार्तिक २०८३, बुधबार

बक्स अफिस फिल्म फेयर अवार्ड उत्कृष्ट ५ को नोमिनेशन सार्वजानिक

182
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौँ । नेपाली चलचित्रको पुरानो अवार्ड आयोजना मध्ये नेशनल बक्स अफिस फिल्म फेयर अवार्डले २०१९ संस्करणको उत्कृष्ट ५ को नोमिनेसन सार्वजनिक गरेको छ ।

आफनो ११ औँ संस्करणको नतिजा आगामी नोभेम्बर २४ मा टोकियो टावरमा सार्वजानिक गर्ने र आगामी डिसेम्बर २८ मा अस्ट्रेलियामा समापन गर्ने लक्ष्य सार्वजनिक गरेको हो ।

नेशनल बक्स अफिस फिल्म फियर अवार्ड आयोजनाले आफ्नो ११ औ सस्करण विश्वकै अग्लो टावर टोकियो टावरमा अवार्ड सार्वजनिक गरी समापन कार्यक्रम अष्ट्रेलियामा गर्न लागेको हो ।

नेपाली चलचित्र जगत मै पहिलो पटक फिल्म अवार्डको पत्रकार सम्मेलन मलेशियामा, उत्कृष्त ५ नोमिनेसन सिगापुरमा, ग्राइन्ड फाईनल जापान टोकियो टावरमा र समापन तथा धन्यवाद कार्यक्रम आयोजना अस्ट्रेलियामा गर्न लागेको सम्भव त यो पहिलो पटक हो ।

उक्त अभियान कार्यक्रम अन्तर्गत प्रेस रिलिज कार्यक्रम मलेशिया र उत्कृष्त ५ नोमिनेसन सार्वजानिक कार्यक्रम गत साता मलेशियामा सम्पन्न भएको छ ।

आर्थिक वर्ष निर्माण भै सार्बजनिक भएका ८३ वोटा चलचित्रहरु ९ सदस्य जुरिले अबलोकन गरि उत्कृष्ट पाँचको नोमिनेसन सार्बजनिक गरिएको थियो ।

नेसनल बक्स अफिस फिल्म फियर अवार्ड २०१९ संस्करणमा सार्वधिक १६ विद्यामा चलचित्र प्रेमगित २ परेको छ भन्ने बर्षको सार्बधिक सफल चलचित्र छक्का पन्जा २ र ए मेरो हजुर २ ले आफुलाइ अबल साबित गरेको देखिन्छ १५ बिधा तर्फ ।

११ औँ नेसनल बक्स अफिस फिल्म फियर अवार्ड २०१९ को नोमिनेसन कार्यक्रममा अवार्ड सहभागी ८३ वटा चलचित्रका सर्जकहरुले अवार्डको प्रतिस्पर्धा रहेको ३२ बिधा जुरिको तर्फबाट र १० पपुलर बिधा आयोजक तर्फबाट गरि कुल ४२ बिधाको नोमिनेसनमा आफ्नो दाबेदारी पेस गरेको छन् ।

समग्रमा कुल ४२ बिधाका अधिकांस नोमिनेसन उत्कृष्ट ५ चलचित्रबाट धेरै छानिएका छन् भने अन्य थुप्रै कुल ४२ बिधामा आफुलाई अबल साबित गरेको छ्न ।

नोमिनेसन हेर्दा जुरिले व्यावसायिक सफल, समिक्षक र आम दर्शकले मन पराएका चलचित्र प्रती न्याय गरेको देखिन्छ ।

११ औँ नेसनल बक्स अफिस फिल्म फियर अवार्ड को पत्रकार सम्मेलनमा मलेसियामा कृयासिल नेपाली पत्रकारको जिज्ञासा् बारे अवार्ड अध्यक्ष राम बाहादुर सुवेदी ‘आर.के.’ ले नेसनल बक्स अफिस फिल्म फियर अवार्डले यस भन्दा आगाडी पनि पटकपटक गरि विश्वमै पहिलो पटक समुन्द्री मुनि, समुन्द्री माथी, उडिरहेको हवाई जहाज र विश्वको सर्वोच्च सिखर सगरमाथाको आधार शिविरमा अवार्ड आयोजना गरि गिनिज वुक अफ द वर्ड रेकड कायम गरि नयाँ संस्करण फरक फरक देशहरूमा गर्न लागेको बताए ।