
रौतहट, ३ कात्तिक । बम बनाउने क्रममा घाइते भएकालाई जिउँदै रौतहटस्थित आफ्नै इटा भट्टामा जलाएको अभियोगमा पक्राउ परेका नेपाली कांग्रेसका सांसद तथा पूर्वमन्त्री मोहम्मद अफताव आलमले बयान दिने भएका छन् ।
२६ असोजमा पक्राउ गरिएको आलमले कानुनी परामर्श र बिरामी भएको भन्दै यसअघि बयान दिन मानेका थिएनन् । जिल्ला प्रहरी कार्यालय रौतहटले उनलाई बयान दिलाउन जिल्ला अदालत लग्ने बताइएको छ ।
सर्वोच्च अदालतले पटक–पटक उक्त प्रकरणमा आलमलाई पक्राउ गरी अनुसन्धान थाल्नका लागि आदेश दिएको थियो । शक्तिको आडमा प्रहरीसमेतलाई प्रभावमा पारी १२ बर्षदेखि उनी जोगिँदै आएका थिए ।















प्रतिक्रिया