४ कार्तिक २०८३, बुधबार

तिवारीको तेस्रो उपन्यास ‘निहारिका’ को लोकार्पण

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौँ, १ कात्तिक । उपन्यासकार प्रकाश तिवारीको उपन्यास ‘निहारिका’ को लोकार्पण भएको छ । ‘निहारिका’ तिवारीको तेस्रो उपन्यास हो ।

शुक्रबार सर्वनाम थिएटरमा आयोजित कार्यक्रममा समीक्षक राजकुमार बानियाँ, कथाकार उमा सुवेदी र पत्रकार एवं कथाकार विमल नेपालले ‘निहारिका’ विमोचन गरे ।

कथाकार विमल नेपालले निहारिकाको माध्यमबाट लेखकले ‘निहारिका’ मार्फत सामाजिक विभेदको यथार्थ र वर्गीय असमानताको चित्रण प्रभावशाली ढंगले उजागार गरेको बताए ।

यस्तै अर्का वक्ता उमा सुवेदीले नारी पात्रको अन्तरजातीय प्रेम र नारी पात्रको सामाजिक संघर्षलाई निहारिकाले सशक्त ढङ्गले उठाएको बताइन् ।

समीक्षक राजकुमार बानियाँले भने लेखक तिवारीले परम्परागत शैली पछ्याए पनि दलित जनजीवनको स्वर उठाउन सक्नु नै ठूलो कुरा रहेको बताए ।

‘उपन्यासमा केही फिल्मी शैलीले पात्रहरूलाई चित्रित गरिएको छ’ बानियाँले भने, ‘तर पनि गण्डक क्षेत्रको आञ्चलिक स्वादले निहारिका पठनीय भएको छ ।’

लेखक तिवारीको यो तेस्रो उपन्यास हो । यसअघि उनको २०७२ सालमा ‘परित्यक्त’ र २०७४ सालमा ‘निलोफर’ उपन्यास प्रकाशित भइसकेको छ ।

यस्तै विभिन्न पत्रपत्रिकामा फुटकर कथा प्रकाशित गराइसकेका तिवारी नेपालको सामाजिक जीवनलाई आधार बनाएर आख्यान लेख्ने गर्छन् । ‘निहारिका’मा पनि उनले अन्तरजातीय प्रेमसम्बन्ध र जातीय छुवाछुतको मुद्दा उठाएका छन् ।

‘इन्डिगो इन्क’ले प्रकाशन गरेको उपन्यासको मूल्य २ सय ९९ राखिएको छ ।