४ कार्तिक २०८३, बुधबार

गायक प्रमोद खरेलको स्वरमा गीतकार पाण्डेको गीत सार्वजनिक (भिडियाे)

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौँ, १ कात्तिक । लोकप्रिय गीतकार बी. पाण्डेको नयाँ गीत पहिले दिल गीतको लिरिकल भिडियो सार्वजनिक भएको छ । चर्चित गायक प्रमोद खरेलका स्वर रहेको यस गितमा ऋषि खड्काको संगीत रहेको छ ।

बी. पाण्डेका रचनामा सार्वजनिक भएका गीतहरु लोकप्रिय रहेका छन् । शंका नगर, बन्की चरि जस्ता सयौंका चर्चित गीतका रचनाकार पाण्डे विभिन्न अवार्डबाट सम्मानित भएका छन् ।

उनले गीतकार विधामा असोजमा मात्रै दोस्रो सगरमाथा म्युजिक अवार्ड र नेशनल राप्ती म्युजिक अवार्ड जित्न सफल भएका छन ।

कमल सौरागको एरेन्ज रहेको गितलाई म्युजिक प्लसले बजारमा ल्याएको हो ।