५ कार्तिक २०८३, बिहिबार

सानिमा बैंकको १५ औं साधारण सभा सम्पन्न, ११ प्रतिशत लाभांश वितरण गरिने

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौँ, २९ असोज । सानिमा बैंक लिमिटेडले असोज २९ बुधबारका दिन १५ औं वार्षिक साधारण सभा सफलता पूर्वक सम्पन्न गरेको छ ।

बैंकका अध्यक्ष विनय कुमार श्रेष्ठको अध्यक्षतामा भएको उक्त सभाले संचालक समितिले प्रस्ताव गरेअनुसार हालको चुक्ता पुँजीको १० प्रतिशत वोनस शेयर र ११.०५२६ प्रतिशत नगद लाभांश प्रदान गर्ने प्रस्ताव पारित गरेको छ ।

आर्थिक वर्ष २०७५/७६ मा २ दशमलव २६ रुपैयाँ अर्ब खुद मुनाफा गरेको सानिमा बैंकको कुल सम्पत्ति रु १ सय ९ दशमलव शुन्य छ अर्ब, कुल निक्षेप रु ९२ दशमलव २८ अर्ब तथा खुद कर्जा सापटी रु ८३ दशमलव ४४ अर्ब रहेको छ । आर्थिक वर्ष २०७४/७५ को तुलनामा खुद मुनाफा, निक्षेप, कर्जा सापटी र कुल सम्पत्तिमा क्रमश ३३.०२, १६.५४, २०.५०, र १८.७८ प्रतिशतले वृद्धि गरेको छ ।

बैंकको वित्तिय परिसूचक असार मसान्त २०७६ सम्ममा निष्क्रिय कर्जा ०.०८ प्रतिशत, पुँजीकोष १३.१९, तरलता २२.८७ र कर्जा निक्षेप अनुपात मासिक औसत ७७.९१ प्रतिशत रहेको छ ।