काठमाडौं, २९ असोज । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले आज काठमाडौंमा चियापान कार्यक्रमको आयोजना गरेको छ ।
नेकपाले आज भृकुटीमण्डपमा चियापान कार्यक्रमको आयोजना गरेको हो ।
दसैँ, तिहार, नेपाल संवत ११४०, छठलगायत समस्त नेपाली चाडपर्वहरूको उपलक्ष्यमा शुभकामना आदान–प्रदान तथा चियापान कार्यक्रमको आयोजना गरिएको नेकपाले जनाएको छ ।
शुभकामना आदान–प्रदान तथा चियापान कार्यक्रममा अपराह्न १२ देखि ३ बजेसम्म पार्टीका नेता, कार्यकर्ता तथा आमजनसमुदायलाई आमन्त्रण गरिएको छ ।
अपरान्ह ३ देखि ५ बजेसम्म विभिन्न राजनीतिक दलका नेताहरू, मन्त्रीहरू, सांसदहरू, संवैधानिक अंगका पदाधिकारीहरू, नेपालस्थित कूटनीतिक नियोगका प्रमुख तथा प्रतिनिधिहरू, सरकारका उच्चपदस्थ पदाधिकारीहरू, सेवा निवृत्त पदाधिकारीहरू, सामाजिक जीवनका विभिन्न विधा, पेसा तथा समुदायका विशिष्ट व्यक्तित्वहरूलाई आमन्त्रण गरिएको छ ।











प्रतिक्रिया